१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण चार दिनको मात्र हुने भएको छ ।

उहाँ आगामी डिसेम्बर (मंसिर १७ गते) चीन जाने र डिसेम्बर ५ अर्थात (मंसिर २० गते) स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार उहाँका उच्चस्तरीय भ्रमणहरु सबै डिसेम्बर ३ अर्थात् मंसिर १८ गते नै हुनेछन् । सो दिन उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ समकक्षी र अरु विशिष्ठ अधिकारीसँग भेट हुने भएको छ ।

त्यसैगरी डिसेम्बर ४ मा चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ भने सोही दिन नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा गरिने सो बिजनेस समिटको तयारी नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको छ ।

त्यसैगरी सोही दिन नै प्रधानमन्त्री ओलीले चीनको एक विश्वविद्यालयमा प्रवचन दिनुहुने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री उच्च स्रोतले जनाएको छ ।
उहाँ डिसेम्बर ५ अर्थात् मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री डा देउवा २८ तारिखमा बेइजिङ पुग्ने

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही नोभेम्बर २८ मा नै चीन जान लागेको बताइएको छ । समाचार स्रोतका अनुसार मन्त्री डा देउवा यही नोभेम्बरको २८ तारिखमा त्यहाँ पुग्ने कार्यक्रम रहेको एक उच्च समाचार स्रोतले जानकारी दिएको छ ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री डा देउवा चीन जान लाग्नुभएको हो ।

उहाँ नोभेम्बर अन्तिम साता आफ्नो औषधिउपचारको फलोअपका लागि जापान गएर त्यतैबाट बेइजिङ पुग्नुहुनेछ । उहाँले चिनियाँ विदेशमन्त्रीसँग द्धिपक्षीय वार्ता गर्नुहुनेछ ।

उहाँ त्यहीँ बसेर प्रधानमन्त्रीलाई बेइजिङमा नै स्वागत गर्ने कि नेपाल फर्किएर पछि प्रधानमन्त्रीसँगै जाने भन्ने विषयमा भने केही बताइएको छैन ।