२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सकिएन रविको बयान



अ+ अ-

रुपन्देही ।सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही सरकारी वकिलको कार्यालय मा आज पनि बयान जारी रह्यो ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेसँग आज बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिन सुरु गरिएको थियो । लामिछानेसँग हिजो मौखिक बयान लिइएको थियो भने आज लिखित बयान लिइएको हो । साँझ ७ बजेसम्म पनि उनको बयान नसकिएपछि फेरि भोलि लिइने भएको छ ।

भोलि बयान सकेर साँझसम्म लामिछानेलाई पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।

रविले प्रतिक्रिया दिन नपाउन भनेर सञ्चारकर्मीले भिडियो खिच्न नसक्नेगरी छेकिएको थियो । उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको कार्यालयअघि नाराबाजी गरेका थिए ।

लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ ।