२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा , प्रर्दशनमा सहभागी नभएका व्यक्तिलाई पक्राउ गरेको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध प्रदर्शनमा सहभागी नभएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै एक होटलमा चिया पिएर बसिरहेकै अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आचार्यका अनुसार आशिष थापा, प्रेम थापा, तेज अर्याल र साजनलाई प्रहरीले पक्राउ गरेको हो ।

सभापति लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगेको छ । अहिले इजलासमा बहस चलिरहेको छ । बाहिर प्रदर्शन चर्कने भयले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको रास्वपाको नेताहरुले जनाएका छन् ।