१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको लेखक बस्यालको दाबी

‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको लेखक बस्यालको दाबी
अ अ+ अ-

काठमाडौँ । लक्ष्मीपूजादेखि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको दाबी गरिएको छ । उक्त उपन्यासका लेखक शिवशंकर बस्यालले फेसबुकमा स्टाटस लेख्दै थुप्रै प्रसंगहरू मिलेको पाएको दाबी गरेका हुन् ।

उनले संग्रामपुरमा रूपमान र समीर मूलपात्र रहेको र फिल्ममा पनि पूर्णबहादुर र कमल दुई मात्र मूलपात्र रहेको, पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसंग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसंगजस्तै रहस्यमयी रहेको, छोराको पालन पोषणमा दिलोज्यान मरिमेटने पूर्णबहादुरको शैली रूपमानसँग मिल्दो रहेको, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो रहेको दाबी गरेका छन् ।

यसका साथै, पूर्णबहादुरको कमल पात्रलाई प्रध्यानाध्यापकले गर्ने व्यवहार र उपन्यासको पात्रलाई गर्ने व्यवहारको शैली उस्तै रहेको, फिल्मको पात्र कमल पनि उपन्यासको समीर जस्तै टप विद्यार्थी भएको, त्यही टप भएको खबर संग्रामपुरको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारंगीमा कमलले उही भावमा बाबुलाई खबर बताइनु, उपन्यासको समीरले जस्तै फिल्मको पात्र कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु जस्ता कुराहरू मिलेको उपन्यासका लेखक बस्यालले दाबी गरेका छन् ।

साथै, बुबालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु, रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता कुराहरू पनि मिलेको बस्यालले दाबी गरेका छन् ।

फिल्मको परिवेश पनि सूक्ष्म ढंगले उपन्यासबाट प्रभावित भएको उनले आरोप लगाएका छन् । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराईली लगायतको अभिनय छ ।