२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० मा लगातार दुई शतक बनाउने पहिलो भारतीय खेलाडी बने सञ्जु सामसन



अ+ अ-

एजेन्सी । भारतले पहिलो टी–२० मा दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गर्यो । डरबनस्थित किंग्समीड स्टेडियममा भारतले सञ्जु सामसनको शतकको मद्दतले २०२ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिका १७.५ ओभरमा १४१ रनमै सीमित भयो । सञ्जु सामसन लगातार दुई टी–२० म्याचमा दुई शतक बनाउने विश्वका चौथो र भारतका पहिलो ब्याट्सम्यान बने । यसअघि फिल साल्ट, गुस्ताभ म्याकन र रिले रुसोले यो कीर्तिमान बनाएका थिए ।

सञ्जु टी–२० अन्तर्राष्ट्रियमा भारतबाहिर शतक प्रहार गर्ने पहिलो भारतीय विकेटकिपर ब्याट्सम्यान बने । विजय मांजरेकरले सन् १९५३ मा टेस्टमा यो उपलब्धि हासिल गरेका थिए भने एकदिवसीयमा राहुल द्रविडले सन् १९९९ मा भारतबाहिर शतक बनाएका थिए । त्यतिबेला द्रविडले विकेटकिपिङ पनि गरिरहेका थिए ।

टी–२० मा भारतीय विकेटकीपरका रुपमा सञ्जुले घरेलु र विदेशमा सर्वाधिक रन बनाएका छन् । हैदरावादमा बंगलादेश विरुद्धको उनको १११ रनको इनिङ घरेलु मैदानमा उच्चतम स्कोर हो, जबकि डरबन टी–२० मा उनको १०७ रनको इनिङ विदेशमा भारतीय विकेटकीपर ब्याट्सम्यानको उत्कृष्ट इनिङ हो ।

सञ्जुले एकै इनिङ्समा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान रोहित शर्माको कीर्तिमानी बराबरी गरेका छन् । उनले १०७ रनको पारीमा १० छक्का प्रहार गरेका थिए ।

सञ्जुले दक्षिण अफ्रिकाविरुद्ध सबैभन्दा छिटो शतक बनाएका थिए । उनले ४७ बलमा शतक पूरा गरे । यसअघि यो कीर्तिमान ५५ बलमा शतक प्रहार गर्ने सूर्यकुमार यादवको नाममा थियो ।

दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टी–२० खेल आज राति पौने ८ बजे सुरु हुँदैछ ।