एजेन्सी । बलिउड अभिनेता फरदीन खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक्टरले स्वयं सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । म सामान्य अवस्थामा छु । मेरो तर्फबाट सम्पूर्ण संक्रमणमुक्त हुनेहरुलाई शुभकामना छ । यदि कसैलाई थोरै पनि शंका लागेका कोरोना परीक्षण गरिहाल्नुहोला, किनभने यो साना–साना बालबालिकालाई समेत भएको छ जसलाई सीमित औषधी मात्र दिन सकिन्छ । ह्याप्पी आइसोलेटिङ ।’
उनी सन् २०१० मा रिलिज ‘दुल्हा मिल गया’ फिल्मबाट यता पर्दामा देखिएका छैनन् । ‘विष्फोट’ फिल्ममार्फत १२ वर्षपछि फरदीन बलिउडमा कमब्याक गर्दैछन् ।











