२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिप टिकट विवादः माउन्ट एभरेस्टद्धारा रिट दायर



अ+ अ-

काठमाडौँ । माउन्ट एभरेस्ट प्रालीले उच्च अदालतमा रिट दायर गरेको छ ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको टिकटको ठेक्का खोसिएपछि सो संस्थाले रिट दायर गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचनाबिनै फाइनल खेलको टिकट खोसेको भन्दै माउन्ट एभरेस्ट उच्च अदालत पुगेको हो ।

एन्फाले टेण्डर आह्वान गर्दै माउन्ट एभरेस्टलाई ८० लाख रुपैयाँमा प्रतियोगिताको टिकट बिक्री ठेक्का प्रदान गरेको थियो ।

सेमिफाइनलमा क्षमता भन्दा बढी दर्शक रंगशाला प्रवेश गरेको भन्दै एन्फाले माउन्ट एभरेस्टलाई स्पष्टिकरण सोधेको थियो ।

माउन्ट एभरेस्टले एन्फालाई विपक्षी बनाएर रिट दायर गरेको छ । एन्फाका केही पदाधिकारीको मिलोमतोमा गैरकानुनीबाट टिकट खोसिएको माउन्ट एभरेस्टको आरोप छ ।

साफ महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।