२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गर्नुभयो ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र हस्तान्तरण गर्नुभयो ।




भर्खरै