२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

मंसिर १ देखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिईने

मंसिर १ देखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिईने
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सरकारले १ मंसिरदेखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिने तयारी गरेको छ । यसअघि १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन अनुमति दिइएको छ । पर्यटन व्यवसायीहरूको सुझाबका आधारमा पर्यटन मन्त्रालयले पर्यटनका सबै गतिविधि खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो । व्यवसायीहरूको सुझाबका आधारमा सबै गतिविधि खुलाएर जाने गरी प्रस्ताव पठाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० धनञ्जय रेग्मीले बताए । ‘देशको अर्थतन्त्र उकास्न पनि गतिविधि खोल्दै जानुको विकल्प नदेखिएकाले खोल्ने प्रस्ताव गरेका हौँ,’ रेग्मीले भने । नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले कार्यविधि तयार पार्दै १ मंसिरदेखि ९२ घन्टाअघिको पिसिआर रिपोर्टलाई मान्यता दिएर विदेशी पर्यटकलाई खुला गर्ने प्रस्ताव तयार पारेको हो । कार्यविधिअनुसार विदेशी पर्यटकलाई खुला गरेमा पर्वतारोहण र पदयात्राबाहेक सहरी क्षेत्र तथा अन्य गन्तव्यमा समेत विदेशी पर्यटकलाई खुला हुनेछ । फोर्सले तयार पारेको कार्यविधिमा विदेशी पर्यटकलाई ३ दिन मात्रै होटेल क्वारेन्टाइनमा राख्ने उल्लेख गरिएको छ । टास्कफोर्सले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गर्नेछ । सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा मंसिरदेखि सबै प्रकारका देश र गन्तव्यमा जान चाहने विदेशी पर्यटकलाई नेपाल खुल्नेछ । हाल दैनिक २५ वटा समूहसम्मले पर्वतारोहण तथा पदयात्राका लागि नेपाल पर्यटन बोर्डबाट अनुमति लिइरहेका छन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष तथा टास्कफोर्सका सदस्यसमेत रहेका खुम सुवेदीका अनुसार कार्यविधि तयार पारेर पर्यटन मन्त्रालय र सिसिएमसीमा पठाइएको छ । कार्यविधिमा पर्यटकलाई तीन दिन होटेलमै राख्नका लागिसमेत प्रस्ताव गरेको उनले बताए । ‘संक्रमण बढेपछि अब विदेशी रोक्नुको कुनै अर्थ नभएकाले सबै किसिमको गतिविधि खुलाउन भनेका हौँ,’ टानका अध्यक्ष सुवेदीले भने । कार्यविधि कार्यान्वयनमा आए टुर, ट्राभलदेखि, र्‍याफ्टिङ, बन्जीजम्प, प्याराग्लाइडिङ, जंगल सफारीलगायत सबै गतिवधि खुल्ने सुवेदीले बताए । टास्कफोर्समा नेपाल पर्यटन बोर्ड, एसिया प्यासिफिक नेपाल च्याप्टर ९पाटा०, टान, हान, नाट्टा र नारामा अध्यक्षहरू सदस्य रहेका छन् । कोभिड–१९ को संक्रमणका बीच नेपाल भ्रमणमा विदेशी पर्यटक आउन थालेका छन् । चैत ११ देखि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै बन्द गरिएको पर्यटन क्षेत्रले ७ महिनामा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो । चैत ५ देखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले यसअघि नै खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् । 

नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल आउने सबै पर्यटकलाई ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।

भारतसँगको उडान अझै अन्योल
नेपाल र भारतबीच ११ चैत ०७६ यता रोकिएको हवाई उडान अझै अन्योल कायमै रहेको छ । भारत सरकारले सुरु गरेको ‘एयर बबल स्किम’मार्फत उडान थाल्न गत सेप्टेम्बरमै नेपाललाई प्रस्ताव गरेको थियो । यता नेपाल वायुसेवा निगमले पनि भारतसँगको उडान खुलाउन आग्रह गर्दै आएको भए पनि हालसम्म पनि सरकारले निर्णय गरेको छैन । निगमले भारतीय तीनवटा सहरबाट नियमित उडान गर्दै आएको थियो । निगमको सबैभन्दा ठूलो आम्दानीको स्रोत दिल्ली गन्तव्यसमेत हो । पर्यटन मन्त्रालयले भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव सिसिएमसीमा पठाएको थियो । तर, सिसिएमसीले भारतमा संक्रमण उच्चदरमा फैलिरहेको भन्दै उडान खुलाउन नमानेपछि भारतसँगको उडान खुल्न सकेको छैन । अन्य देशसँग भने गत १७ भदौदेखि नै उडान सुरु भइसकेको छ । नयाँ पत्रिका दैनिक