१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र लिभरपुलले बराबरी खेले



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

१८ औं मिनेटमामा भान डाइकले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए । ४३ औं मिनेटमा मिकेल मोरिनोको गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाए ।

यता, ८१ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको हार टारेर २-२ गोलको बराबरीमा ल्याए ।

यो नतिजापछि लिभरपुल ९ खेलबाट २२ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने आर्सनल १८ अङ्क साथ तेस्रो स्थानमा छ ।