११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो



अ+ अ-

कात्तिक । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गर्यो । जितसंगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसंग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङल्यान्डसंग ४–३, अजरवैजानसंग ५–२, इटालीसंग ५–२ र चाइनिज ताइपेईंसंग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।