५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालले दर्ता गराए उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाइले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता पछि ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडि बढ्ने बताउनुभयो । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रबर्द्धन गर्ने उल्लेख गर्दै उहाँले देश विदेशमा रहेका लाखौं नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताउनुभयो ।

ढकाल प्यानलबाट महासंघको केन्द्रिय सदस्यमा  हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेश लाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।