२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु



अ+ अ-

झापा । अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ ।  प्र-१-०२-००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

ट्र्याक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस