२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले ४–० गोलको अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी ‘साम्बा’ले एक–एक गोल गरे । खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यस्तै, जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

यस संस्करणमा पहिलो गोल गरेकी साम्बाले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपटि नै अर्थात् १३ औं मिनेटमा रेखाले गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । यस्तै, रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाउँदै फराकिलो जिततर्फ अघि बढेको छ ।