२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले ४–० गोलको अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी ‘साम्बा’ले एक–एक गोल गरे । खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यस्तै, जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

यस संस्करणमा पहिलो गोल गरेकी साम्बाले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।

त्यसको दुई मिनेटपटि नै अर्थात् १३ औं मिनेटमा रेखाले गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । यस्तै, रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाउँदै फराकिलो जिततर्फ अघि बढेको छ ।