२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो ।

भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे ।

यो जितसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ३ वटै खेलमा पराजय ब्यहोरको माल्दिभ्स पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा आजै यही समूहका नेपाल र श्रीलङ्का खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे त्रिपुरेश्वरमा शुरू हुँदैछ ।

नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि समूह ‘ए’बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलको टिकट काटिसकेका छन् ।