४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी
अ+ अ-

पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गर्नुभएकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आउनुभएको हो ।

दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आउनुभएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताउनुभयो । माछाका साथै उहाँको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

रु २५ लाख लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेकको क्षेत्रीले जानकारी दिनुभयो । फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार जानु नपर्ने भन्दै मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड नजिकै फार्म भएकाले ग्राहक÷व्यावसायी घरमा आएर खरिद गर्ने गरेका उहाँले बताउनुभयो ।

“सुरुमा लगानी धेरै गरेँ, व्यवसाय सङ्कटमा पर्छ कि भन्ने लागेको थियो, पछि उत्पादित सबै वस्तु सहज रुपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्दै गएकी हुँ”, क्षेत्रीले भन्नुभयो । कृषिबाट भएको आम्दानीले दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको बताउँदै उहाँले श्रीमान् पनि रोजगारीको सिलसिलामा विदेश नै रहनुभएको जानकारी दिनुभयो ।

क्षेत्रीले फार्ममा तीन जनालाई रोजगारी दिएको जानकारी दिनुभयो । “पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना थियो”, उहाँले भन्नुभयो, “यसअघि व्यावसायिक बङ्गुरपालनसमेत गरेँ, त्यसअभि स्थानीय मदिरा उत्पादन गरेकी थिएँ । पछि कृषि क्षेत्रमा आवद्ध भएकी हुँ ।”

आम्दानीका लागि महिलालाई पुरुषको सहयोग चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफू सफल महिला उद्यमी बनेको क्षेत्रीको भनाइ छ । अधिकांश समय फार्ममा व्यस्त देखिने क्षेत्री राजनीतिमासमेत सक्रिय हुनुहुन्छ । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुखसमेत रहनुभएकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा पनि काम गर्दै आउनुभएको छ । “पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा समेत जाने गरेकी छु । कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउछु”, उहाँले भन्नुभयो ।

आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइने क्षेत्रीको बुझाइ छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत संस्थाबाट प्राविधिक तथा अन्य तालिम र सहयोग प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा रहेर व्यावसायिक रुपमा कृषि पेसा गर्नेहरुलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने क्षेत्रीले विश्वास व्यक्त गर्नुभयो ।