५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।

यसबारे बोल्दै हेड कोच नन्दन फाडनिसज्युले भने, “लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’

त्यस्तै क्लबका मालिक इश्वर जिसीले भने, ‘नन्दन फाडनिसलाई हेड कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । उहाँले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरुलाई राम्रोसँग नियाल्नु भएको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुनेछ । त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पनि प्रशिक्षण गरेको उहाँको अनुभवले हाम्रा खेलाडीहरुलाई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौं ।’

फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।