८ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब बार्सिलोनाले सानदार जित निकालेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले जर्मन महारथी बायर्न म्युनिखलाई ४-१ गोलले हराएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गरे भने एक गोल रोबर्ट लेवान्डोस्कीले गरे । बायर्नका ह्यारी केनले एक गोल फर्काए ।

खेलको सुरुवाती मिनेटमा नै अर्थात् पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा केनले गोल गर्दै बायर्नलाई १-१ को बराबरीमा ल्याएका थिए ।

३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ ले अघि बढाए । त्यसपछि ४५ औं र ५६ औं मिनेटमा गोल गर्दै राफिन्हाले ह्याट्रिक पूरा गरे ।

यो नतिजापछि बार्सिलोनाले ३ खेलबाट ६ अङ्क जोडेको छ भने बायर्नको ३ अङ्क छ ।