२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित



fie photo
अ+ अ-

जलेश्वर । बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन् ।

बिजुलीको झिलीमिलीमा रमाउने आधुनिक समाजले माटोका दिया, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाका कुम्हाले चिन्तित भएका हुन् ।

दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका कुम्हालहरू समाजले झिलीमिली बत्ती, प्लाष्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन, पालालगायत सामग्रीको बिक्रीमा कमी आएकोे जलेश्वर नगरपालिका–१ का कुम्हाल मङ्गल पण्डितले बताउनुभयो ।

दिपावली, छठपर्वलगायत अन्य पूजापाठमा अति आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया, भन्दै सबैले प्रयोग गर्ने बेला आफूहरूलाई ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको दुखेसो उहाँले गर्नुभयो ।

सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया र कुरबारलगायत सामग्री बेच्ने गरेकामा अहिले नगण्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका–४ कुम्हाल वीरेन्द्र पण्डितले बताउनुभयो ।

पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराईमा मात्र नभएर काठमाडौँ, पोखरा, हेटाँैडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभङ्गा, सीतामढी र पटनासम्म निर्यात हुने गरेकामा अहिले स्थानीय बजारमा माग ह्वात्त घटेपछि आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका–११ का कुम्भकार सुरज पण्डितले बताउनुभयो ।

अत्यधिक श्रम र लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा–६ का कुम्भकार नन्दु पण्डित बताउनुभयो । रासस




भर्खरै