८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

साफमा यसपल्ट च्याम्पियन बन्छौं– कप्तान एञ्जिला

साफमा यसपल्ट च्याम्पियन बन्छौं– कप्तान एञ्जिला
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीवारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताउनुभएको हो । उहाँले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गर्नुभयो । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिनुभएको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीवार भारत र पाकिस्तान भिँड्दैछन् ।

आयोजक नेपालले भने शुक्रवार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्दैछ । पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताउनु भयो साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उहाँको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औंल्याउनु भयो ।

केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताउनु भयो । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उहाँको भनाइ छ । प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताउनु भयो ।

पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उहाँको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उहाँ बताउनुहुन्छ । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उहाँको विश्वास छ ।

नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्दी नहुने उहाँको भनाइ छ । सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउनु हुन्छ । आफ्ना दुई स्ट्राइकरमध्ये रेखाले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारीले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उहाँको बुझाइ छ । तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उहाँले बताउनु भयो ।

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताउनु भयो । बंगलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ । तर सबै टोलीलाई उतिकै बलियो टोलीका रूपमा खेल्ने पनि उहाँको भनाइ छ ।

बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद् प्रदर्शन गर्नेमा आशावादी देखिनुभएको छ । साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गर्नुभयो । प्रशिक्षक कश्यपले २१ दिन मात्रै तयारी गरे पनि ट्याक्टिल रूपमा राम्रा खेलाडीबीच टोली बलियो बनेको विश्वास व्यक्त गर्नुभयो ।

भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताउनु भयो । साथै उहाँले टोलीमा अनुभवी र युवा खेलाडीहरू रहेको पनि बताउनु भयो । उहाँले केही अन्तर्राष्ट्रिय प्रतिष्पर्धा पनि गरेकाले सुखद् नतिजा आशा गरेकी छन् । माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भयो । कप्तानले भने आफ्नो टोलीले राम्रो तयारी गर्न नपाएको उल्लेख गर्नुभयो ।

पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले तयारी राम्रो रहेको पछिल्लो संस्करणको तुलनामा यसपल्ट धेरै सुधारिएको टोली रहेको बताउनु भयो । उहाँले यसपल्ट टोलीमा केही नयाँ खेलाडीहरू पनि रहेको उल्लेख गर्नुभयो । भारतसँग पहिलो खेल भएपनि बिना दबाब खल्ने र दुई देशबीचको रोचक प्रतिष्पर्धामा राम्रो खेल प्रश्तुत गर्ने प्रशिक्षकको आशा छ ।
कप्तान मारिया खानले अन्तर्राष्ट्रिय प्रतिवन्धपछि आफ्नो टोली अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो लयमा फर्किएको उल्लेख गर्नुभयो । दुई वर्षपछि नेपाल फर्किंदा सुधारका साथ आएकाले प्रतियोगिताका लागि उत्साहित रहेको मारियाको भनाइ छ ।

श्रीलंकाले करिव ४० दिन यस च्याम्पियनसिपका लागि तयारी गरेको छ । श्रीलंकन टोलीका प्रशिक्षक एमएच रुमीले राम्रो तयारी भएकाले कुनैपनि खेलाडीलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् । पछिल्ला साफपछि श्रीलंकामा फुटबल खेल्न गाह्रो भएको प्रशिक्षकको भनाइ छ । श्रीलंकाका प्रशिक्षकले करिव ४० दिनको तयारीबाट टोली राम्रो आकारमा आएको बताउनु भयो । श्रीलंकाकी कप्तान तुसान मधुसिकाले लामो समयदेखि तयारी गरेको र टिम पनि राम्रो रहेकाले यसपल्ट सुखद् प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो ।

भूटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित गरेको कप्तान पेमा छोडेन छिरिङले बताउनु भयो । भूटानकी प्रशिक्षक निकोला डे मेनीले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताउनुभएको छ । माल्दिभ्सका प्रशिक्षकले यस च्याम्पियनसिपका लागि आफ्नो टोलीको तयारी पर्याप्त नभए पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । यस च्याम्पियनसिपका लागि पूर्णरूपमा तयार गर्न नपाए पनि राम्रो प्रदर्शन गर्ने माल्दिभ्सको विश्वास छ ।

च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।