२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंको बजार -फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु भइसकेको छ । विजया दशमी आउन अब चार दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिबार दशैँको टिका परेको छ ।

दशैं मनाउने गाउँ फर्किनेहरुको भीड लाग्न थालेको छ । बाढी, पहिरो र डुबानले राजमार्गमा अबरोध भए पनि घण्टौं लगाएर मानिसहरु यात्रा गरिरहेका छन् । राजमार्गमा सवारी जाम बढेको छ ।

यता शहर बजारमा किनमेल गर्नेहरुको घुइँचो छ । उपभोक्ताहरु बजारमा पुगेर नयाँनयाँ सामान खरिद गरिरहेका छन् । यो बेला सबैभन्दा बढी व्यापार हुने गरेका छ ।

वर्षभरी हुने खर्च मध्ये २० प्रतिशत त दशैंका बेला मात्र हुने गरेको अर्थविद्हरु बताउँछन् । यो बेला नयाँ कपडा किन्ने, मिठो मसिनो खाने र घुम्न जाने चलन छ । यसैगरी आफन्तहरुलाई पनि उपहार किन्ने चलन छ । त्यही कारण बजारमा नयाँ कपडा र मीठा खाने कुरा खरिद गर्नेहरुको घुइँचो लागेको हो ।

अहिले अधिकांश विद्यालय बन्द भइसकेका छन् । सरकारी कार्यालयहरु पनि अब भोलिसम्म मात्र खुला रहने छन् । कतिपय कार्यालयमा त कर्मचारी आउनै छाडिसकेका छन् । जसका कारण घरबाहिर निस्किएर बजारमा घुम्ने फुर्सद मिलेको हो ।

त्यसैले काठमाडौंको न्यूरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बजार, उपभोक्ता र व्यापारीका केही तस्बिर ।