२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाको गठबन्धन



अ+ अ-

जनकपुरधाम । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच यही माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट एकअर्कालाई सघाउने सहमति भएको छ । सहमतिअनुसार नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपाकुमारी यादव (साइकल छाप) लाई मतदान गर्न दुवै पार्टीका राष्ट्रियसभाका मतदाता, नेता तथा कार्यकर्ताहरुमा आह्वान गरिएको छ ।

दुवै पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादव (एमाले) र जितेन्द्र सोनल (लोसपा) ले आज संयुक्त प्रेस वक्तव्य जारी गरी मधेश प्रदेशको जनताको चाहना र भावनालाई मध्यनजर गरी सहमति गरिएको जनाइएको छ ।