८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

आगलागीबाट बागलुङमा जले दुई घर

आगलागीबाट बागलुङमा जले दुई घर
अ+ अ-

बलेवा । बागलुङको ढोरपाटन  र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीवार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । 
घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्किएको  थियो । कायतको ढुङ्गाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए । 

त्यस्तै जैमिनी –१ कुश्मीशेरामा आज बिहान आगलागी हुँदा एक घर जलेको छ । तल्लोबजारको एक गुम्टी पसलमा आगलागी भएको हो । कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करीब ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिनुभयो । आगलागीका कारण विकका पसलमा रहेका तिहारका सामान, लत्ताकपडालगायत सबै जलेर नष्ट हुँदा करीब रु दुई लाख २० हजार बराबरको क्षति भएको उहाँको भनाइ छ । 

आगोका कारण गुम्टी नजीकै मङ्गल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सका घरमा पनि क्षति पुगेको छ । घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यान्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ । विद्युत् चुहिएकै कारण आगलागी भएको हो । आगो स्थानीयवासीको सक्रियतामा कुश्मिसेरामा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको फायर फाइटिङको सहायताले नियन्त्रणमा लिइएको थियो ।