२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह यसरी पर्यो फन्दामा



अ+ अ-

काठमाडौ ।  महानगरीय अपराध महाशाखाको टोलीले  काठमाडौंको कीर्तिपुर नगरपालिकामा अनलाईन मार्फत जुवा खेलाउनेहरु लाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालीका वडा नं .६ चोभार, वडा नं .९ नगाँउ र वडा नं.१० बागभैरब स्थित बिभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उनिहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खेलाउन प्रयोग हुने ल्यापटप,मोबाईल लगायतका बिधुतीय उपकरणहरु सहित १२ जना मानिसहरुलाई  पक्राउ गरी आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।  प्रहरीका अनुसार पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले ३ बटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको थिए ।

फेसबुक मार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई व्गधब,uwa, Fire kiring, River sweeps, River monster, Vegas-X लगायतका अनलाईन जुवा खेल्न link शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेका थिए ।  करिब १० महिना अगाडी देखी जुवा खेलाउने गरेको भन्दै प्रहरीले करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरेको जनाएको छ ।  

पक्राउ परेको व्यक्तिहरु 

१. जि.काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ६ चोभार बस्ने बर्ष ३३ को सुजेन्द्र थापा ।

२. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष १७ को मनिश थापा ।

३. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष १७ को समिर थापा ।

४. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष २७ कि कबिता थापा ।

५. ऐ. ऐ. वडा नं. ६ चोभार बस्ने बर्ष ३० को रबिन खड्का ।

६. ऐ. ऐ. वडा नं. १० किर्तिपुर बस्ने बर्ष ४५ को बुद्ध महर्जन ।

७. ऐ. ऐ.वडा नं.८ पाँगा बस्ने बर्ष २० कि रोजा महर्जन ।

८. ऐ. ऐ. वडा नं. ८ पाँगा बस्ने बर्ष १९ को साहिल महर्जन ।

९. ऐ. ऐ. वडा नं. १० बस्ने बर्ष १९ कि हनिशा महर्जन ।

१०. ऐ. ऐ. वडा नं. ९ नगाँउ बस्ने बर्ष ३५ को प्रदिपमान सिंह बस्नेत ।

११. जिल्ला बझांङ् केदारसिउ गा.पा.५ घर भई हाल का.जि. किर्तिपुर ५ बस्ने बर्ष १९ को बिनोद ठगुन्ना ।

१२. जिल्ला सिन्धुपालचोक मेलम्चि न.पा.वडा नं.१३ घर भई हाल का.जि.किर्तिपुर बस्ने बर्ष १७ कि रमादेवि श्रेष्ठ ।