२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको छलाङः विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् ।

विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र छन् ।

यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए ।

दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ ।

ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन् । टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ । यस्तै, भारत शीर्षस्थानमा यथावत छ ।