८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

अमेरिकामा एकैदिन १ लाख ६० हजार बढी काेराेना संक्रमित, कोरोना नियन्त्रण आफ्नो पहिलो काम: बाइडेन

अमेरिकामा एकैदिन १ लाख ६० हजार बढी काेराेना संक्रमित, कोरोना नियन्त्रण आफ्नो पहिलो काम: बाइडेन
अ+ अ-

गणेश थापा

क्यालिफोर्निया: नोवेल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् । देशभर फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा शुक्रबार एकैदिन १ लाख ६२ हजार बढी मानिस संक्रमित भएका छन् । यो संख्या गत फागुनबाट अमेरिकामा कोरोना भइरसको महामारी फैलिएयता हालसम्मकै उच्च हो ।

नोभेम्वर ३ को राष्ट्रपतीय निर्वाचन पश्चात अप्रत्याशित ढंगबाट बढिरहेको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा अहिलेसम्म १ करोड ७ लाख बढी व्यक्तिहरू संक्रमित भएका छन् भने मृतकको संख्या सॉढे दुई लाखको हाराहारीमा पुगेको छ ।

कोरोना भाइरस सम्बन्धी तथ्यांक अध्यावधिक गर्दै आइरहेको न्युजब्रेकका अनुसार गएको २४ घण्टाको अवधिमा अमेरिकामा १ हजार ६ सय बढी कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि यहॉ पछिल्लो समय संक्रमण दर बढ्दोगतिमा रहेतापनि मृतकको संख्या भने स्थिर प्राय: छ ।

अमेरिकामा अघिल्ला दुई महिनामा केही कमी देखिएको कोरोना भाइरसको संक्रमण नोभेम्वरको सरूबाटै ह्वात्तै बढेको छ । पछिल्लो पॉच दिनको अवधिमा झण्डै ७ लाख मानिस संक्रमित भएका छन् । यो साता संक्रमितको संख्या दैनिक सवालाख माथि रहेको छ । हालसम्म यहॉ करीव ४० लाख कोरोना संक्रमित ठिक भइसकेको न्युजब्रेकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । गत जुलाईमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा त्यसपछिको झण्डै दुई महिना सो संख्यामा निकै ह्रासआई आधाआधीमा झरेको थियो ।

तर, अक्टूबरको मध्यसम्म स्थिर नै रहेको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा निकै ठूलो संख्यामा बृद्धिभई दैनिक लाख माथि पुगेको छ । कोरोना संक्रमणका कारण विश्वको सवैभन्दा धेरै संख्यामा मानिसहरूले ज्यान गुमाउनुपरेको अमेरिकामा विगत ३ महिनायता मृतकको संख्यामा भने उल्लेख्य मात्रामा कमीआई दैनिक हजार/ पॉचसयको हराहारीमा झरेको तथ्यांकले देखाएको छ ।

यस महामारीमा परी ज्यान गुमाउने संख्या मध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ । प्राप्त जानकारी अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरेको न्युयोर्कमा भने अहिले संक्रमित तथा मृतकको संख्या न्यून छ ।

न्युयोर्कमा झण्डै ३४ हजार मानिसको मृत्यु भइसकेको छभने सॉढे ५ लाख बढी संक्रमित छन् । न्युयोर्क नेपालीहरूको बाक्लो बसोबास भएको क्षेत्र समेत हो । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १७ जना नेपालीहरूको ज्यान गइसकेको छभने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् । पछिल्लो समय क्यालिफोर्निया र टेक्ससमा कोरोना भाइरसको संक्रमण अत्यधिक मात्रामा बृद्धि भएको छ ।

यी दुवै राज्यमा न्युयोर्कको तुलनामा मृत्यु हुनेको संख्या कम नै रहेतापनि संक्रमितको संख्या भने बढेर १० लाख माथि पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा झण्डै ५ करोड ३० लाख मानिस संक्रमित भएका छनभने मृतकको संख्या १३ लाख नाघेको छ । यता अमेरिकामा हालका दिनहरूमा कोरोना भाइरसको संक्रमण बृढ्नुमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको चहलपहललाई समेत कतिपयले कारक तत्त्व मानेका छन् ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको कार्यभार सम्हालपछि कोरोना भाइरसको महामारी नियन्त्रण पहिलो काम हुने बताएका छन् । नयॉ राष्ट्रपति चयनका लागि ३ नोभेम्वरमा भएको आमनिर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेपछि ह्वाइटहाउस प्रवेशको तयारीमा रहेका बाइडेनले आफ्ना प्राथमिकताहरू सार्वजनिक गर्ने क्रममा सो कुरा उल्लेख गरेका हुन । यद्यपि चुनावको आधिकारिक नतिजा भने हालसम्म घोषणा गरिएको छैन ।

निकै कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनको पछिल्लो विवरण अनुसार ट्रम्पले २१७ इलेक्टोरल मत प्राप्त गर्दा बाइडेन भने राष्ट्रपति हुन आवश्यकभन्दा २० मत बढी ल्याएर कूल २९० इलेक्टोरल मत प्राप्त गरिसकेका छन् ।