१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०–५० हजार धरौटी लिन आदेश गरेको हो ।

प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो । ब्युरोको टोलीले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।

प्रसाईंमाथि विभिन्न सामाजिक सञ्जालहरूमार्फत व्यक्तिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोप छ ।