२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो



अ+ अ-

एजेन्सी । कानपुर टेस्टमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले सिरिज २–० ले क्लीन स्वीप गरेको छ ।

वर्षाले प्रभावित खेलको अन्तिम दिन मंगलबार भारतलाई ९५ रनको लक्ष्य दिएको थियो, जुन भारतीय ब्याट्सम्यानले १७.२ ओभरमा पुरा गरेका थिए ।

यशस्वी जैसवालले ५१ रन बनाए । कोहली २९ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्तले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

जैसवाल प्लेयर अफ द म्याच र अश्विन प्लेयर अफ द सिरिज घोषित भए ।

लञ्चअघि भारतले दोस्रो इनिङ्समा बंगलादेशलाई १४६ रनमा अलआउट गरेको थियो । दिनको सुरुवात बंगलादेशले २६र२ को स्कोरबाट गरेको थियो । सोमबार भारतले ३४.४ ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएर पहिलो इनिङ्स घोषणा गरेको थियो ।

भारतले पहिलो इनिङ्समा बंगलादेशलाई २३३ रनमा अलआउट गरेको थियो । वर्षाका कारण तेस्रो र दोस्रो दिनको खेल रद्द गर्नुपरेको थियो भने पहिलो दिन ३५ ओभर मात्रै बलिङ गर्न सकिएको थियो । यस्तो अवस्थामा खेल झण्डै बराबरी भएको मानिएको थियो तर भारतीय टोलीले पछिल्लो २ दिनमा कायापलट गर्यो ।