२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्शनै एक्शनले भरिएको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार युट्युबमा सार्वजनिक ट्रेलरमा विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले सबैको ध्यान खिचेको छ ।

‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ ।

सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन् ।

यो फिल्म विराजका छोरा समीरको पहिलो फिल्म हो । मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गर्दै छन् ।

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् ।

साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका छन् ।

विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन् ।

फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुँदैछ ।