२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्शनै एक्शनले भरिएको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार युट्युबमा सार्वजनिक ट्रेलरमा विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले सबैको ध्यान खिचेको छ ।

‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ ।

सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन् ।

यो फिल्म विराजका छोरा समीरको पहिलो फिल्म हो । मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गर्दै छन् ।

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् ।

साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका छन् ।

विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन् ।

फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुँदैछ ।