८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

कमलपोखरीको पुननिर्माणमा आर्थिक अभाव छैन, कुनै वहानामा काम ढिला गर्न पाइदैनः मेयर शाक्य

कमलपोखरीको पुननिर्माणमा आर्थिक अभाव छैन, कुनै वहानामा काम ढिला गर्न पाइदैनः मेयर शाक्य
अ+ अ-

काठमाडौं । ‘कमलपोखरी पुर्ननिर्माण सन्तोषजनक भएन । आर्थिक समस्या छैन । कामलाई यो वा त्यो वहानामा ढिला गर्न वा पछि सार्न पाइँदैन ।’ शुक्रबार पुननिर्माणको प्रगति बुझ्न स्थलगत अवलोकनमा पुग्नुभएका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो – ‘काममा ढिलासुस्ती भयो भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनका लागि आएको हुँ । महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन । तपाईँहरुले यो वा त्यो बहानामा काम रोक्न वा ढिला गर्न पाउनुहुन्न ।’
‘कमल पोखरीको अस्तित्व जोगाउन पुर्ननिर्माणको काम गरेका हौं । महानगरको केन्द्रभागमा रहेकोले पोखरी पुर्ननिर्माणपछि काठमाडौँवासीका लागि यो ठाउँ आकर्षक स्थल बन्ने छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउन सहज हुने गरी पोखरी निर्माण भैरहेको छ । यसले स्थानीय रहनसहन, कला, संस्कृतिलाई पर्यटन व्यवस्थापनसँग जोड्ने हाम्रो अपेक्षा छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरुसहित बिभागीय अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार कमलपोखरी  बास्तुशास्त्रमा आधारित छ । पोखरी छिर्ने गेट मौलिक नेपाली स्वरुपको छ । यसको निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग भइरहेको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानासहितका पाटी हुनेछन् । विभिन्न ठाउँमा चैत्य राखिनेछन् भने ५ ओटा मकरधारा निर्माण हुनेछन् । पोखरी वरिपरि बाल उद्यान, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, खुल्ला ठाउँ रहनेछ ।  यो पोखरी वडा १ को पहिचान हो । वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्नुहुन्छ — पोखरीको अतिक्रमण हटाउने र सकेसम्म धेरै खुल्ला ठाउँ बनाउने योजनालाई प्राथमिकतामा राखिएको छ । भौतिक पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाकाअनुसार अहिले अनधिकृत संरचना हटाउनेलगायतका काम भइरहेका छन् । सम्झौताबमोजिम मंसिर मसान्तसम्ममा काम सम्पन्न हुनुपर्ने थियो । तर महमारीमा जनशक्ति परिचालन लगायत कारणले लक्षित समयमा लक्षित काम सकिएको छैन ।

यसलाई अब छिटो गर्ने गरी आवश्यकता र औचितत्यका आधारमा केही समय म्याद गर्नु पर्ने देखिएको छ । यदि विकासकर्ताले वहाना बनाएर काम रोक्ने वा समयमा काम सम्पन्न गरेन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं । पोखरी पुननिर्माणमा प्राबिधिक पक्षमा कुरा गर्दै इन्जिनियर प्रेम श्रेष्ठले भन्नुभयो — पाको उमेरका मानिस सजिलै आउन जान सक्ने र उहाँहरुलाई प्रशस्त बस्ने ठाउँको प्रबन्ध हुनेछ । पोखरीमा रात्रीकालीन वत्तीको व्यवस्था गरिनेछ । 
निर्माण व्यवसायी अर्जुन कडेँल र इन्द्र सिटौलाका अनुसार अहिलेसम्ममा ४५ प्रतिशत काम सकिएको छ । फागुन मसान्तसम्ममा काम सम्पन्न हुने गरी निर्माण कार्य गरिरुहेका छौं । उहाँहरुको भनाइ थियो । ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी पुननिर्माण भइरहेको छ । यसको क्षेत्रफल करीब २३ रोपनी १४ आना  हो ।