८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

गोरखामा नुन १५० रुपैयाँ र चामल २०० रुपैयाँ किलो

गोरखामा नुन १५० रुपैयाँ  र चामल २०० रुपैयाँ किलो
अ+ अ-

गोरखा । गोरखा जिल्लामा एक किलोग्राम नुनको रु १५० र चामलको २०० रुपैयाँ पर्छ भन्दा जो कोही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बोकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेको मूल्य यही नै हो । बजारमा विभिन्न थरिका चामल पाइन्छन थरी थरी मूल्यका । माथिल्लो क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलो पाइन्छ ।

दुवानी खर्चका कारण सामान महङ्गो 

गोरखा जिल्लाको अन्तराष्ट्रिय सिमा नजिक रहेको अन्तिम मानववस्ति भएको लार्के  बजारमा हाल रहेको मूल्यसूची यही नै रहेको छ । कोरोना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेको छैन । गोरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गो पर्न गएको  चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दोका  निमा लामा बताउँछन् ।
रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गोरखा सदरमुकामबाट साम्दो, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेको खच्चड व्यावसायी कान्छा गुरुङको भनाइ छ । भीरको बाटो जोखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातको समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने ।

समान ल्याउन मनाङबाट सजिलो

गोरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन  लाग्ने र महँगो पर्ने भएपछि मनाङको धारपानी भीमताङ हुँदै दैनिक उपभोग्य बस्तु ल्याउने गरेको साम्दोका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बोकाएर ल्याउँदा दुइ दिनमा साम्दो पुग्ने गरेको उनले बताए ।
तल चल्ने खच्चडहरु माथिल्लो क्षेत्रमा राम्ररी भारी बोक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएको उनको भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेको उनको भनाइ छ । यस पटक पर्यटकहरुको आवागमन नभएका कारण अघिल्लो साल जसरी धेरै समान नआएको उनले बताए ।

सरकारले दिने खाद्यन्न माथिल्लो क्षेत्र पुग्दैन 

उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखोला र सिर्दिवासमा डिपो राखिएको छ । सिर्दिवासमा राखिएको डिपोबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि कोटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लो क्षेत्रमा नै सकिने गरेको स्थानीयहरुको गुनासो छ । सिर्दिवास माथि साम्दो सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपो सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपो सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानको चामल र नुन प्रोक, ल्हो सामागाउँ सम्म नपुगेको स्थानीय गाउँलेहरुको भनाइ रहँदै आएको छ ।