८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

गुरिल्ला शैलीमा एकता गर्नेले नै पार्टी धरापमा पारे – नेकपा नेता पन्त

गुरिल्ला शैलीमा एकता गर्नेले नै पार्टी धरापमा पारे – नेकपा नेता पन्त
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य रधुजी पन्तले कुनै छलफल बिना हठात शैलाीबाट पार्टी एकता गर्ने दुई अध्यक्षले नेकपालाई अप्ठारो अबस्थामा पुर्योएको टिप्पणी गर्नुभएको छ । 

न्यूजपोलारसंग कुरा गर्दै नेता पन्तले गुरिल्ला शैलीमा पार्टी एकता भएपनि मुख्य नेतृत्वले त्यसलाई संस्थागत गर्न चासो नदेखाएको टिप्पणी गर्नुभयो । दुई नेता केपी ओली र पुष्पकमल दाहालको स्वार्थ मिल्दा पार्टी एकता भएपनि नीति तथा शिद्धान्तमा एकता अघि या पछि कहिल्यै बहस नहुनु नै समस्याको जड भएको उहाँको टिप्पणी छ । 

दुई नेता तथा उहाँहरुको वरपर घुम्ने केही ब्यक्ति बाहेक अन्यलाई पार्टी भित्र के भैरहेको छ र के हुदैछ भन्ने जानकारी नै नहुने भन्दै नेता पन्तले भन्नुभयो- 'ओली र दहालले राजनीतिक ईमान्दरिता देखाउन सक्नुभएन ।' नेकपामा हाल त्रिपक्षिय शक्तिसंर्घषको अबस्था रहेको टिप्पणी गर्दै नेता पन्तले भन्नुभयो- 'प्रधानमन्त्री तथा अध्यक्ष ओली समुह, बरिष्ठ नेता माधब नेपाल समुह र पूर्ब माओबादी र त्यसभित्र पनि अध्यक्ष दाहाल समूहको टकराब र ईगोले पार्टीमा ब्यवस्थापन हुन सकेन ।' 

उहाँले भन्नुभयो- 'इगो अंहकार र  कार्यशैलीले पार्टीलाई मजबुत बनाउने भन्दापनि एकले अर्कालाई देखाईदिने बाटो तीर अघि बढेका छन् । नेकपा यतिबेला जमेको तलाउजस्तो अबस्था रहेको र सानो बस्तु पनि खस्ने बित्तिकै छालहरु तंरगित हुने गरेको छ । नेता पन्तले सबै समस्याको समाधान बैधानीक निकायबाट नै खोज्नुपर्ने सुझाब दिनुभयो । 

उहाले भन्नुभयो- 'कि दुबै अध्यक्षले एकले अर्कालाई लागएको आरोप फिर्ता गरेर सम्बाद गरी कमी कमजोरी समिक्षा गर्नुपर्यो नभए पार्टीका कमिटीहरुमा छलफलमा लैजानुपर्यो । यही पत्रको बिषयलाई  लिएर द्धन्द्ध चर्काउने हो भने त्यो दुर्भाग्य हुन्छ ।' 

माधव नेपाल निकट रहनुभएका नेता पन्तले अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पदबाट ओलीले बिश्राम लिन उपयुक्त हुने भन्दै प्रधानमन्त्री छाड्न चाहे दाहाललाई र अध्यक्ष छाड्न चाहे नेपाललाई छाड्दा उपयुक्त हुने सुझाब दिनुभयो । 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एक्लाउन नहुने भन्दै उहाले अहिलेको पार्टी समस्यामा प्रधानमन्त्री ओलीको एक नम्बरमा र दाहालको पनि २ नम्बर दोष रहेको टिप्पणी गर्नुभयो । अध्यक्षको जिम्मेबारी लिएपनि  पार्टीलाई गतिशिल बनाउन नसक्नु प्रचण्डको कमजोरी भएको भन्दै नेतृत्व आलोचनाबाट भाग्न नहुने सुझाब दिनुभयो ।