काठमाडौँ । जन्मदिन मनाउने क्रममा हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा परि ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्येसात जना नेपाली रहेको र उनिहरुको सनाखत भै सकेको स्थायीय संञ्चारमाध्यामले जनाएका छन् । घटनामा परि अन्य नौ जना घाईते भएका मध्ये तीन जनाको अबस्था गम्भिर रहेको जनाईएको छ ।
आईतबार राती जिरे खुर्सानी नामक रेष्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ । सोमबार राती आठ बजे तीर लागेको आगोमा परि मृत्यु भएकाहरु अधिकासं बाग्लुङ्गका रहेका छन् । मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् ।
यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ रहेका छन् दर्ताबिना संञ्चालन भएको उक्त रेष्टुरेन्टले सामान्य रुपमा पनि सुरक्षाको मापदण्ड पालना नगरेको हंङकङ प्रहरीलाई उद्दृत गर्दे स्थानीय संञ्चारमाध्यमले जनाएका छन् ।











