८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

फेरि बढ्यो चिनियाँ चासो, राति १० बजे राजदूतले प्रधानमन्त्रीलाई भेटिन्

फेरि बढ्यो चिनियाँ चासो, राति १० बजे राजदूतले प्रधानमन्त्रीलाई भेटिन्
अ+ अ-

काठमाडौं । नेकपामा आन्तरिक कलह बढेर पार्टी फुटको संघारमा पुगेका बेला नेपालमा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको हो । यसपालि पनि नेकपाको विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो बढेको छ । 

केही समय अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीलाई भेटेपछि चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छी फेरि पनि नेकपाको कलह व्यवस्थापनका लागि मञ्चमा देखापरेकी छिन्।

मंगलबार राति बालुवाटार पुगेर चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी ओलीलाई भेटेकि थिइन् । राति साढे १० बजे यान्छी बालुवाटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । बुधबारको नयाँ पत्रिका दैनिकमा आएको समााचार अनुसार राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् ।

राति ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको सो पत्रिकाले लेखेको छ । गत वैशाख र असारमा पनि झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन्।

नेकपामा कलह देखिएपछि उनी सक्रिय हुदै प्रधानमन्त्री ओली र नेकपाका अरु नेताहरुका घरमै पुगेर भेट्ने गरेकि छिन् । त्यसपछि नेकपाको कलह तत्कालका लागि व्यवस्थापन हुने गरेपछि नेपालका कतिपय राजनीतिक शक्तिहरुले नेपालमा चिनियाँ चासो बढको भनेर पनि टिप्पणी गर्ने गरेका छन् ।