८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सचिवालयकै समयमा मन्त्रिपरिषद बैठक ! के संसद विघटन हुँदैछ ?

सचिवालयकै समयमा मन्त्रिपरिषद बैठक ! के संसद विघटन हुँदैछ ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालको राजनीतिक संकट झन्भन्दा झ्न गहिरिँदै गएको देखिएको छ । बुधबार अपरान्हका लागि नेकपाको सचिवालय बैठक तोकिएकोमा आज सोही समय पारेर प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

हिजोको दिनभरको दौडधुपपछि नेकपाका दुई अध्यक्षले आआफ्ना निर्णय कार्यान्वयन गराउने मुडमा देखिएपछि संकट गहिरिने संकेत देखिएको हो । पार्टीको विवाद चर्कदै गएपछि प्रधानमन्त्री ओलीले आज अपरान्ह १ बजेका लागि अकस्मात मन्त्रिपरिषदको बैठक राखेका छन् । बालुवाटार स्रोतका अनुसार यस बैठकका लागि उनले कुनै पनि मन्त्रिसँग सल्लाह गरेका छैनन् ।   

यो अकस्मात बैठकका लागि विविध आशंकाहरु गरिएको छ । पहिलो पार्टी विभाजन वा संसद विघटनको अध्यादेश ल्याउने हुनसक्छ भने अर्काे प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने स्वीकृती प्रदान गर्नसक्ने पनि हुनसक्छ । 

दुवै जना अध्यक्ष भिड्ने मुडमा देखिएकोले यो नहोला भन्न पनि सकिँदैन । उता मंगलबार राष्ट्रपति विद्या भण्डारीलाई भेटेर संसद विघटन वा पार्टी फुटाउने अध्यादेश जारी नगर्न अध्यक्ष प्रचण्डले आग्रह गरेका र सो आग्रहमा अडिग नरहे महाभियोगका लागि तयार रहन चेतावनी दिएको बुझिएको छ । त्यसपछि राष्ट्रपति भण्डारी पनि अध्यक्ष प्रचण्डसँग रुष्ट भएको बुझिएको छ ।

उता मंगलबारै राति १० बजे चिनियाँ राजदूत हाउ यान्छीले पनि प्रधानमन्त्रीलाई भेटेकी थिइन । राजदुत यान्छीसँग करिब डेढ घण्टा छलफल गरेका प्रधानमन्त्री ओली राति नै राष्ट्रपति निवास पुगेका थिए ।

एक उच्च राजनीतिक स्रोतले भने आफूलाई असहयोग गरेका प्रचण्ड या माधव नेपाललाई यो संसदको बहुमत प्रयोग गरी प्रधानमन्त्री हुन नदिनकै लागि प्रधानमन्त्रीले संसद विघटनको बाटो रोजेको जनाएको छ । 

त्यस स्रोतले उक्त निर्णय सर्वाेच्च अदालतबाट नउल्टिने गरी संसद बिघटन के कसरी गर्ने भनेर कानुनविद्हरुसँग प्रधानमन्त्रीले छलफल पनि गरेका छन् । 
कानुनविद्हरुसँग प्रधानमन्त्रीले विघटन गरेको संसद नउल्टिने कसरी हुनसक्छ भनेर त्यसको परामर्शमा नेता सुवास नेम्वाङ लागेका छन् । उनी र नेता शंकर पोखरेलले वरिष्ठ कानुनविद्हरुसँग आवश्यक छलफल गरिरहेका बताइएको छ ।