१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा



अ+ अ-

काठमाडौ । पार्टी भित्रको संकटबारे आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नु भएको छ ।

पार्टी सचिवालयको बैठक र मन्त्रपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नु भएको हो ।

मंगलबार मात्र राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नु भएको थियो भने  राति १० बजे प्रधानमन्त्री  ओलीले पनि राष्ट्रपतिसँग भेट गर्नुभएको थियो । मंगलबार राति नै बालुवाटार पुगेर चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी ओलीलाई भेट गर्नुभएको थियो ।