८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थप

नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थप
अ+ अ-

काठमाडौंः  नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थप हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभाको क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन् २०२२ सम्मलाई रहेको एक दिवसीय मान्यता सन् २०२३ सम्म बढाइएको जानकारी दिनु भएको छ ।

कोभिड–१९ को महामारीले सम्पूर्ण खेल जगत् नै ठप्प हुँदा वार्षिक क्यालेण्डर प्रभावित बनेपछि यस्तो निर्णय भएको हो । नेपालले खेल्ने लिग डिभिजन २ का खेलहरुमा समेत असर परेको छ ।

प्रभाबित खेलहरुलाई पूर्णता दिनुका साथै क्रिकेट क्यालेण्डरलाई पुरा गर्न सन् २०२३ को मार्चसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीयको मान्यता दिएको उहाँले प्रष्ट्याउनुभयो ।

साथै साधारण सभाले आर्थिक वर्ष २०७०।७१ देखि २०७५।०७६ सम्मको संघको वार्षिक लेखापरीक्षण प्रतिवेदनलाई पारित गर्नुका साथै आर्थिक वर्ष २०७७।०७८ को कार्यक्रम र बजेट निर्माण गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।

साधारणसभाले एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माण गर्न कार्ययोजना बनाएको छ ।

पाँच वर्षे रणनीतिक योजना निर्माण गर्न र सो योजना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा पेश गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताउनुभयो ।

जिल्ला र प्रादेशिक क्रिकेट संघहरुको सञ्चालन कार्यविधि निर्माण गर्ने, खेलाडीहरुको आचार संहिता र अनुबन्ध नीति तयार पारिएको, संघ, प्रदेश र जिल्ला समिति मातहातका कर्मचारी, पदाधिकारी एवम् सदस्यहरुको आचार संहिता निर्माण गर्ने पनि साधारणसभाले निर्णय गरेको छ ।

त्यसैगरी, क्यानले नेपाल प्रिमियर लिग सञ्चालन गर्न साधारण सभाका प्रतिनिधिहरु एकमत रहेकोले क्रिकेट संघको स्वामित्व रहने गरी नेपाली क्रिकेटको हित अनुकूल रहने गरी केन्द्रीय समितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रकृया अगाडि बढाउने जिम्मेवारी दिएको छ ।