काठमाडौं । काठमाडौं उपत्यकाका केहि अस्पताल र निजी ल्यावहरुले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुलासा भएको छ । काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुलासा भएको हो ।
यी अस्पतालहरुले विदेश जानेहरुलाई कोरोनो पोजेटिभ रिपोर्ट आएपनि नेगेटिभ दिने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न मन्त्रालयले छानबिन थालेको हो।
मन्त्रालयले लेखेको अति गोप्य पत्र बाहिरीएसंगै पिसिआरको नक्कली रिपोर्ट दिने सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले पनि ह्याम्स अस्पताल र स्टार अस्पतालको बाटो पछ्याउँदै पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र काटिएको छ ।
यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्सलाई ३ पटक प्रतिबन्धमा पारिसकेको छ। मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पिसिआर रिपोर्ट दिने गरेको उल्लेख छ।












