८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

यो वर्ष धान उत्पादन बढ्ने अनुमान

यो वर्ष धान उत्पादन बढ्ने अनुमान
अ+ अ-

काठमाडौं । रासायनिक मल यूरियाको चरम अभावकाबीच यस वर्ष धान उत्पादन बढ्ने भएको छ ।  मल नपाएर अतालिएका किसानले अन्य वर्षको भन्दा बढी धान यो बर्ष फलाएको कृषि विकास मन्त्रालयले गरेको अनुमान गरेको हो । 

कोरोना महामारीका कारण सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदानमा दिएको मल समेत आयात गर्न नसके पनि कृषकहरूले आफ्नै बल बुताले बढी धान फलाएर देखाएका हुन् । सरकारले कोरोनाबाट नागरिकलाई दिनुपर्ने सुरक्षानुभूती दिन नसकेपनि कृषकले भने आफ्नो दायित्व निर्वाह गरेर यो महामारीमा राज्यप्रति आफ्नो दायित्व पूरा गरेका छन् । 

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी बढ्ने)मा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ । कुल कृषिको उत्पादनमध्ये धान एक्लैको योगदान करीब २१ प्रतिशत रहेको मानिन्छ । धान उत्पादन बढ्नुको अर्थ देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्नु हो । 

मन्त्रालयले गरेको प्रारम्भिक अनुमान अुनसार देशभरिको धान उत्पादनको तथ्यांकलाई हेर्दा यस वर्ष १ प्रतिशतदेखि ५ प्रतिशतसम्म धान उत्पादन बढ्ने देखिएको छ । मन्त्रालयले यस वर्ष ५६ लाख मेट्रिक टनभन्दा धेरै धान फलेको हुनसक्ने अनुमान गरेको हो ।  

यस अघि आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादन बढनुको पछाडि अनुकुल मनसुनी वर्षा तथा बीउको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ । 

कृषि विभागको तथ्यांक अनुसार, यो वर्ष धान रोपाई हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो । गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो । गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको सकिएकोले पनि धान उत्पादन बढेको मन्त्रालयले बताएको छ ।  देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाईँ हुन्छ ।