८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नारायणहिटीभित्रको श्री सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने

नारायणहिटीभित्रको श्री सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुने
अ+ अ-

काठमाडौं:

तत्कालीन राजा वीरेन्द्रको निजी निवास  ‘श्री सदन’ आइतबारदेखि अवलोकनका लागि खुल्ला हुने भएको छ ।

नारायणहिटी दरबारभित्र रहेको उक्त सदनको शनिबार दिउँसो २ बजे पर्यटन मन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । यो सदन आइतबारदेखि सर्वसाधारणका लागि खुला हुनेछ ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुती र छोरा नीराजन यही सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि यो सदन बन्द छ ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुँदैछ ।

तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा बनाइएको श्री सदन तीन तलाको छ र यसमा १२ कोठा छन् । भुइँतलामा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय थियो । यही तलामा भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि छन् ।

श्री सदनको पहिलो तलामा वीरेन्द्र र ऐश्वर्यको सुत्ने कोठा छन् भने दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

धेरै मानिसले यो सदन अवलोकन गर्न अभिरुचि देखाउने गरेका भए पनि त्यो अवसर पाएका थिएनन् ।

कोरोनाभाइरसको महामारी र संक्रमणलाई पनि विचार गरी सीमित संख्यामा मानिसलाई भित्र प्रवेश गर्न दिने योजना बनाइएको छ ।