२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्ली इलेक्सनमा असहमति छैन तर पाँचदलीय गठबन्धनको कुनियतप्रति शङ्का: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अर्ली इलेक्सनप्रति असहमति नरहेको जनाउनुभएको छ । महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश नेकपा (एमाले) को चाहना नै भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “तर विभिन्न वहानामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँचदलीय गठबन्धनको कुनियतप्रति भने नेकपा (एमाले) को गम्भीर असहमति रहेको छ ।” पछिल्ला केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्बाट सङ्कल्प प्रस्ताव पारित गर्दे वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्न उपयुक्त हुने दृष्टिकोण सार्वजनिक गर्दै आउनुभएको छ ।