८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

मिथिलामा सामाचकेवा समापनको तयारी

मिथिलामा सामाचकेवा समापनको तयारी
अ+ अ-

– गोपालप्रसाद बराल
महोत्तरी । मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ । मिथिलाका गाउँनगर बस्तीका चोक अचेल सामाचकेवाका कर्णप्रिय गीतले गुञ्जिरहेका छन् । मिथिलानी (मिथिलाका नारी)ले  दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पञ्चमीका दिन शुरु भएर अब पूर्णिमाका दिन समापन गरिने तयारी छ । छठपर्वको खरना (कात्तिक शुक्ल पञ्चमी)का दिन शुरु भएको यो पर्व अहिले समापनको नजिक पुगेको छ । यसपालि यही मङ्सिर ४ गते शुरु भएको यो पर्व पूर्णिमा तिथिको दिन आउने सोमबार मिथिलानीले समापन गर्नेछन् । बोलीचालीमा सामा भनिने ११ दिनसम्म मनाइने यो पर्व समापनको केही दिन बाँकी हुँदा मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त छन् ।

पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् । “हमर भाइ अई बेर जरुर आओत, ऐखने हम वात कैलिय” ९मेरा भाइ यसपालि सामा समापनमा अवश्य आउनेछन्, मैले उनलाई खबर गरिसकेकी छु०, सामा समापनको तयारीमा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी आसवती चौधरी (थारू) ले भन्नुभयो । आफ्ना दाजुभाइप्रति प्रेम र  समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानी बताउँछन् । “चकमन्न रातमा साथीहरु जम्मा हुन्छौं, गीत गाउँछौँ, त्यसबेला ठट्टा परिहास पनि हुन्छ, अनि खेल भएन त…?”, सामा रमाइलो खेल भएको बताउने महोत्तरीकै मटिहानी नगरपालिका–७ की दिपीका साह भन्नुहुन्छ, “आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देशसँगै आपसी (सामा खेल्नेहरु) ठट्टा परिहासले ११ दिन बितेको पत्तै हुँदैन ।”

यसपालि भने यसअघिका वर्षजस्तो सामा खेलमा महिला सहभागिता देखिँदैन । कोभिड–१९ सङ्क्रमण सन्त्रासले चोकचोकमा जम्मा हुने दिदीबहिनीको सङ्ख्या घटेको मिथिलानी बताउँछन् । यद्यपि सगोल घरका दिदीबहिनीले आफ्नै घरअघि जम्मा भएर सामा गाउने परम्परा भने थेगेका देखिँदोछ । मध्यरातसम्मको चकमन्न समयमा नगर, गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् । “कात्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियौं यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्रीपात्र)ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छौं, सामा (बहिनीको भाव)ले फेरि अवतार लिइसकेकी छन् ।) दाजुभाइको दीर्घायुको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता  गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुशीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलिया गाउँका युवा सामाजिक कार्यकर्ता प्रवीण कर्ण बताउनुहुन्छ ।

“चलु बहिना सामा खेल भैयाके आँगन हे…जुगजुग जियथिन भैया अपन हे…’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।( मिथिला  लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । ‘‘चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु”, आफ्ना दिदीबहिनी नभएका बर्दिवास–९ पशुपतिनगरका ३०  वर्षीय अमरचन्द्र महतो भन्नुहुन्छ, “के गरौं…? आफ्ना दिदीबहिनी भएनन् ।” यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको महतोको भनाइ छ । 

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षी), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाएर  जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने गरेका छन् ।
 
दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट शुुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवा (चक्रधर) को मुक्तिका लागि कृष्णपुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
 
मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामाचकेवा पर्व परम्परा रहेका छन् । भैयादुज कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् । त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधी दिएर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्छन् । अनि कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामाचकेवा मनाइन्छ । भैयादुज र राखी पर्व सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले शुरु गरेका र सामा भने द्वापर युगमा श्रीकृष्ण पुत्री सामाले दाजुप्रति कृतज्ञता जनाउन गरेकी सम्झनाको निरन्तरता भएको मैथिल बताउँछन् ।