४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न: मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो?



अ+ अ-

नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो सो आपत्ति जनाउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । उहाँले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत न्हुने बताउनु भयो । उहाँले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यो देश बंगलादेश हुन्छ, यो देश श्रीलंका हुन्छ, भन्न पाउने हो । साँच्चै नै भन्ने हो गठबन्धनको निर्वाचन भइसकेपछि के भनेर जनतासँग भोट मागेको थियौँ । के भनेर जनतालाई भोट मागेका थियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्‍यो, यसलाई बचाउनका लागि मत दिनुस्, त्यो मत दिएकाले संविधान, संघीयता बचाउँछ भनेको होइन । तर त्यसपछि हामी प्रतिवद्ध भयौँ त ? भएनौँ । हामी पदका लागि कहिले यता, उता गरिरह्यौँ । आफू पदमा रहुन्जेल राम्रो अरु पदमा गएर व्यवस्थापन गर्दा खराब हुने ?नेपाली काँग्रेसले रहरले गठबन्धन गरेको होइन । नेपाली काँग्रेसले परिस्थितिवश यो देशको अवस्था कमजोर भयो, देशको प्रधानमन्त्री बन्न मान्छे यताउति गर्न थाले, जनतामा अविश्वास बढ्यो, विकास भएन भनेर हामीले एमालेसँग गरेकै हो । हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्‍यो रे ? १२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ?मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईंहरुले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’

उहाँले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ?कति जना जेलमा छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताउनु भयो । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको बताउनु भयो ।