१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नागरिकमा गलत भ्रम नफिँजाउन बालेनलाई अनेरास्ववियुको चेतावनी

नागरिकमा गलत भ्रम नफिँजाउन बालेनलाई अनेरास्ववियुको चेतावनी
अ अ+ अ-

काठमाडौं । अनेरास्ववियुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)लाई नागरिकमा गलत भ्रम नफिँजाउन चेतावनी दिएको छ ।

साहले एमाले र एमालेका नेता विरुद्ध भ्रम फिँजाएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । ‘समाजमा वितण्डा मच्चाउने गरी अभिव्यक्ति दिने कुरा काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा रहनुभएका बालेनजीको निम्ति कत्तिको शोभनिय विषय हो, यो आजको युवाले बुझ्नु पर्ने कुरा हो, हामी जायज कुराको पछि लागौँ, नाजायज कुरालाई लिएर समाजलाई दिग्भ्रमित गराउने कुरा प्रति आजको युवा सजक हुन जरुरी छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडालले भन्नुभयो ।

एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई अदालतले पक्राउ गर्न आदेश दिएको भनि साहले भ्रम फिँजाएको भन्दै अनेरास्ववियुका बडालले आपत्ति जनाउनुभयो । बाल हिंसासँग जोडेर शर्मालाई अदालतले पक्राउ गर्ने आदेश दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा शर्मा पक्राउ नपरेको भनि साहले सामाजिक सञ्जालमा लेखपछि आफू अदालतको फैसला बारे बुझ्न आज सर्वोच्च अदालतमा गएको बडालले बताउनुभयो ।

सर्वोच्च अदालतको गत असार ३० गतेको सपना मल्ल सहितको पूर्ण इजलासको फैसलामा ती बालिकालाई शर्माले निरन्तर पठन पाठन गराई रहेको उल्लेख भएको बडालले बताउनुभयो ।

रेखा शर्माले बालिकालाई बाल हिंसा गरेको कुरा अदालतको फैसलामा कतै उल्लेख छैन । उल्टै शर्मा अभिभावक बनेर धुम्बाराही माध्यमिक विद्यालयमा कक्षा दुईमा भर्ना गराई निरन्तर अध्ययन गराइरहेको देखिन्छ भने अदालतको फैसलामा लेखिएको छ ।

निज बालिकाका बाबु कालीचरण चौधरीले वन्दी प्रत्यक्षीकरणको आदेश माग गरेकोमा बालिका कतै बन्धक नभएकोले सो आदेश जारी गर्नु नपर्ने अदालतको आदेशमा उल्लेख । कालीचरणले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाई मुद्दा दर्ता गरेकाले सो मुद्दामा दोषी हुँदा वा पक्रेर थुन्न पर्दा बालेन्द्रलाई नै थुन्नु पर्ने बडालको भनाई छ ।

अदालतले ती बालिका मुख्य अभिभाव बाबु आमा नै भएकोले बाबु कालीचरण चौधरी र आमा उर्मिला चौधरीको जिम्मा लगाउन आदेश दिएको छ । ‘सर्वोच्चको फैसलाले त बरु तपाईँलाई पक्रेर थुन्ने आधार दिएको छ, रेखाले बालिकालाई संरक्षण गरेर पढाए बापत दोषी भन्न मिलेन भन्छ, गन्धा स्ट्याटस लेखेर अभियुक्त बालेन पो हिरो बनेको ?’ बडालले भन्नुभयो ।

अदालतले बालिकाका बाबु आमासँगको समन्वयमा बालिकाको सम्पूर्ण शिक्षा दीक्षा र पालन पोषणको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । सो आदेशमा शर्माको नाम कतै जोडिएको छैन ।

काठमाडौं महानगरपालिकालाई सो विषयमा प्रत्येक तीन महिनामा प्रतिवेदन पेस गर्न र सो प्रतिवेदनबाट बालिकाको सर्वोत्तम अनुकूल शिक्षा तथा पालनपोषण नभए आवश्यक निकासका लागि इजलासमा पेस गर्न समेत अदालतले आदेश दिएको छ ।