५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशले पाए नागरिकता



अ+ अ-

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ले अन्ततः नागरिकता प्राप्त गरेका छन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रदान गरिएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको थियो । प्रकाश प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने तयारीमा छन् ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।