२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

चीनद्वारा सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता

चीनद्वारा सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ उनले भने । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए । भेटका क्रममा झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थ आदान प्रदानका कार्यहरू फेरि सुरु गर्ने विषयमा छलफल गरेका छन् । सैनिक मुख्यालयमा भएको भेटवार्तामा कोरोना भाइरस (कोभिड—१९)का कारण रोकिएको सहयोग, सहकार्य र अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सहमति भएको छ । दुई देशको सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासको विषयमा भने मिति खुलाइएको छैन ।

त्यस्तै चिनियाँ रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा विगतमा भएको दुई देशबीचको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो । सन् २०१६ मा आफू चीन भ्रमणको क्रममा भएको व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताको विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै गत वर्ष नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको विषय कार्यान्वयनमा जोड दिइएको छ ।

त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत वर्षको अक्टुबरमा भएको सम्झौतामा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीका लागि संयन्त्र निर्माण गरिने उल्लेख छ । त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने र औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ । यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको थियो । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको थियो ।

नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुक्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौं सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको थियो । सो समझदारी कार्यान्वयन गर्ने दिशामा चीन प्रतिबद्ध रहेको चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहका नेताको भ्रमण चिनियाँ राष्ट्रपति सी को भ्रमणपछि दोस्रो हो । भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेको बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आकस्मिक रूपमा तय भएको हो । भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।

पछिल्लो समय भारत–अमेरिकाको गठबन्धनसँगै चीनले नेपाललगायत अन्य मुलुकमा आफ्नो उपस्थिती बलियो बनाउने रणनीतिका साथ अगाडि बढेको हो । चीनले भारतसँग सीमा जोडिएको र प्रभाव रहेको मुलुकमा नयाँ रणनीति बनाएर भ्रमण गरेको हो । खासगरी पछिल्लो समय भारत र चीनबीच रहेको लद्दाकको सीमा विवादका कारण दुई देशबीच चिसोपना आइरहेको छ । लद्दाकको सीमा विवादकै कारण गत १५ जुनमा चिनियाँ सैनिकको आक्रमणबाट भारतीय २० सैनिक मारिएका थिए । त्यसपछि दुई देशबीच आएको चिसोपना मत्थर भइसकेको छैन । यस्तो अवस्थामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । राजधानी दैनिक