२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

कुरिलोको अस्वाभाविक मुल्यः एक किलोकै ५ हजार !

कुरिलोको अस्वाभाविक मुल्यः एक किलोकै ५ हजार !
अ अ+ अ-

काठमाडौँ । कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ । मागमा भएको अत्यधिक वृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य लिन थालेका छन् ।

‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ ।’ समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैयाँ (होलसेल मूल्य) थियो । असारमा प्रतिकिलो २ सय ४० देखि २ सय ६० रुपैयाँमा पाइन्थ्यो । साउनमा प्रतिकिलो २ सय ४० देखि ५ सय र भदौमा ३ सय ५० देखि ५ सय रुपैयाँ बजार भाउ थियो ।

यस्तै असोज १ देखि १२ गतेसम्म न्यूनतम मूल्य ४ सय ४० रुपैयाँदेखि ४ सय ५० सम्म रहेको समितिको तथ्यांक छ । समितिले कात्तिक ६ गते निर्धारण गरेको मूल्य भने प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँ छ । त्यसपछि मूल्य अपडेट गरिएको छैन । खुद्रा बजारमा दोब्बरभन्दा बढीमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभावकै कारण बढी मूल्य परेको जानकारी दिए । ‘कुरिलोमा औषधिको मात्रा बढी हुन्छ । बिरामी, सुत्केरीलाई खुवाउन भन्दै किन्ने बढी छन्,’ उनले भने, ‘यो बेला अफ सिजन भएकाले किलोकै ५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पछिल्लो महिना कुरिलोको माग बढ्दो छ तर व्यावसायिक खेती छैन । व्यावसायिक खेती नहुँदा मागअनुसार उत्पादन हुन सकेको छैन । समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार कुरिलो मुख्यतः वैशाख, जेठदेखि असारसम्म बजारमा आउँछ । कालीमाटीभित्र स्थानीय किसानले मात्रै ल्याउँछन् । कतिपय किसानले सिधै डिपार्टमेन्ट स्टोरमा पठाउँछन् ।

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार मुलुकभर १ सय ५७ हेक्टरमा कुरिलो खेती गरिन्छ । उक्त क्षेत्रफलमा १ हजार १ सय ६६ टन उत्पादन हुन्छ । मोरङ, खोटाङ, झापा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, कास्की, पर्वत, नवलपुर, चितवन, दाङ, प्यूठान, जाजरकोटमा सबैभन्दा बढी उत्पादन हुन्छ । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मतीमा ८ सय ७९ टन उत्पादन भइरहेको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले जानकारी दिए । ‘वाग्मतीमा ७४ हेक्टरमा खेती हुन्छ, उपत्यका भएकाले उत्पादन र माग यही क्षेत्रमा छ,’ उनले भने । प्रदेश १ मा ५८ हेक्टरमा १ सय ७६ टन उत्पादन भइरहेको केन्द्रले जनाएको छ । गण्डकीमा १३ हेक्टरमा गरिएको खेतीबाट ५७ टन उत्पादन हुन्छ । प्रदेश ५ मा ११ हेक्टरमा खेती हुन्छ, त्यहाँ ५० टन उत्पादन हुने गरेको छ । कर्णालीमा २ हेक्टरमा ४ टन उत्पादन भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । केन्द्रका अनुसार प्रदेश २ र सुदूरपश्चिममा भने कुरिलो खेती भएको छैन ।

सीमित क्षेत्रमा खेती गरिएकाले पर्याप्त उत्पादन हुन नसक्दा मूल्य बढेको हो । ‘कुरिलो खेतीबाट कमाइ राम्रो छ, सिजनमा किलोको २ देखि ३ सय रुपैयाँ भए पनि अहिले २ हजार ५ सय रुपैयाँभन्दा माथि नै पर्छ,’ बानेश्वर तरकारी बजारका जनम साहले भने, ‘बारामा १० रोपनीमा कुरिलो खेती गरिरहेको छु, ठिकै छ ।’ होलसेल व्यवसायीसमेत रहेका साहले तीन वर्षदेखि बारामा आफैं खेती गर्दै आएका छन् । उनले कुरिलो बिक्री गरेर वार्षिक ८ लाखसम्म आम्दानी गरिरहेको जानकारी दिए । कुरिलोको माग बढेपछि भक्तपुर सिपाडोलबाट समेत खरिद गरेर बानेश्वर तरकारी बजारमा बिक्री गर्दै आएका छन् । ‘भक्तपुरमा ३०र४० रोपनीमा कुरिलो खेती छ,’ उनले भने, ‘फाइदा ठिकै छ, अरू खेतीभन्दा कुरिलो राम्रो छ ।’

केन्द्रका सूचना अधिकारी आचार्यका अनुसार कुरिलो बहुवर्षीय खेती हो । एक पटक लगाएपछि ३र४ वर्षसम्म फल खान पाइन्छ । ‘यसको आयुर्वेदिक मूल्य छ । लोकल जडीबुटी आयुर्वेदिक नै हो । त्यसलाई विकास गरेर कम तीतो हुने गरी हाइब्रिडका रूपमा तरकारी खाने हो,’ उनले भने, ‘एक–दुई वर्षयता किसानले खेती बढाउन थालेका छन् ।’

बीउको हकमा भने आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।’ केन्द्रका अनुसार कुरिलोको हाइब्रिड बीउ जापानबाट आयात हुन्छ । ‘नेपालमा पाइने जरा तीतो हुन्छ । जडीबुटीको लागि बिक्री गरिन्छ,’ उनले भने, ‘तरकारीका लागि आउने हाइब्रिड नै हो । नेपालमा जापानी कुरिलो बढी चलेको छ ।’ कान्तिपुर दैनिक