१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो– राखेप सदस्यसचिव घिसिङ

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो– राखेप सदस्यसचिव घिसिङ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेसनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काभा महिला भलिबल लिगमा रजत पदक विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव घिसिङ दीर्घकालीन रूपमा हुने कभर्डहल र नेसल ट्रेनिङ सेन्टर स्थापानका लागि प्रक्रिया अगाडि बढेको बताउनुभएको हो । उहाँले नेसनल ट्रेनिङ सेन्टरका लागि यसै वर्ष बजेट विनियोजना भइसकेको र छिट्टै निर्माण कार्य आरम्भ हुने विश्वास व्यक्त गर्नुभयो । सातादोबाटोमा पनि फिटनेस सेन्टर बनाउने कार्यका लागि खरिद प्रक्रिया पनि अगाडि बढेको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

उहाँले खेलकुदलाई विज्ञानसँग जोडेर स्पोर्ट्स साइन्स ल्याबको कार्ययोजना अघि बढाइएको र यसको एकीकृत कार्ययोजनाको बीचबाट अर्को पटक काभामा महिला भलिबलमा च्याम्पियन बन्ने लक्ष्य राख्ने धारणा राख्नुभयो । राखेप सदस्यसचिव घिसिङ अब खेलाडीले प्राप्त गर्ने पुरस्कारसम्बन्धि ठोस कानून नै बनेको र यसले गर्दा खेलाडीले समयमा पुरस्कार प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुद विकास नियमावली पास भएपछि अहिले धेरै खेलाडी समयमा नै पुरस्कार पाउन थालेको सदस्यसचिव घिसिङले बताउनु भयो ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले सातै वटै प्रदेशमा प्रादेशिक कभर्डहल र केन्द्रमा पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माणका लागि संघले पहल गरिरहेको बताउनु भयो । सोहीअनुरूपमा राखेपले पनि भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय समिति पनि गठन भैसकेको संघका महासचिव श्रेष्टले बताउनु भयो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै यो सम्मानले आगामी दिन अभैm राम्रो गर्ने जिम्मेवारी प्राप्त भएको बताउनु भयो । उहाँले देशको नाम अन्तर्राष्ट्रियस्तर चिनाउन आफ्नो टोलीले थप मेहनत गर्ने समेत उल्लेख गर्नुभयो ।

बिहीवार सरकाले गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता खेलाडीसहित १४ सदस्यीय टोलीलाई सम्मान गरेको थियो । टोलीका हरेक खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख र सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको हो ।