१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ: पर्यटनमन्त्री पाण्डे

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ: पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले हवाई उडान सुरक्षित बनाउनको लागि उडानमा खटिने सबै जनशक्तिले पाएको जिम्मेवारीमा कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताउनु भयो । मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरु आत्मा अनुशासनमा रहन आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कतव्र्यनिष्ठ भएर काम गरे हवाई दुर्घटनामा कम हुने बताउनु भयो ।

उहाँले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको बताउनु भयो । उहाँले विदेशी पर्यटकहरुलाई नेपाली आकाश सुरक्षित रहेकाले ढुक्कले नेपालमा आउन आग्रह गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा कुनै प्रकारको डर र दुविधा हुँदैन भन्नेकुराको विश्वास दिलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिवद्धताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरु मुलुकका लागि ठूलो चुनौतिको कै विषय बनेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित छन् । विदेशी पर्यटकहरु ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुविधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गर्छांै । अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिवद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पुर्‍याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरुले सहयोग पुर्‍याउनुपर्ने छ । पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरु मुलुकका लागि ठूलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरुलाई हवाई उडानमा सुरक्षा दिन्छौं र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्नेकुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरु आत्मा अनुशासनमा रहन्छौं भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उहाँले हवाई दुई घटना सम्बन्धि हुने छानविनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले विगतमा भएका हवाई दुर्घटनाको छानविन समितिले गरेका छानविनलाई समिक्षा आवश्यक रहेको बताउनु भयो । अहिलेसम्म हवाई दुर्घटनापछि बनेका छानविन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए/नभएको विषयमा समिक्षा गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।