८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वयसँग मिलेन देउवाको कुरा, बोलाए पूर्व पदाधिकारीसहितको बैठक



file photo
अ+ अ-

काठमाडौँ । महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

बिहिबार बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति नजुटेपछि सभापति देउवाले शनिबार बैठक बोलाएका एक पदाधिकारीले बताए ।

दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी रहेको ती पदाधिकारीले बताए । यता, महामन्त्रीद्वयले भने तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए ।

बिहिबार पनि कुरा नमिलेपछि सभापति देउवाले शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी बोलाएका हुन् ।